फ्रान्सका राष्ट्रपति म्याक्रोनले संसदीय निर्वाचनमा गुमाए पूर्ण बहुमत « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोनले संसदीय निर्वाचनमा गुमाए पूर्ण बहुमत


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले पुन: निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोनलाई पूर्ण बहुमतले अस्वीकार गरेका छन्।

सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानून र अव्यवस्थित गठबन्धनको प्रश्न खडा गरेको टिप्पणी हुन लागेको छ।

यसअघि, म्याक्रोनको केन्द्रवादी गठबन्धन, एन्सेम्बल (एकसाथ), फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा जीन-लुक मेलन्चनको नयाँ लोकप्रिय पर्यावरणवादी र सामाजिक संघ (नुप्स) भन्दा अगाडि रहेको सीएनएनले आन्तरिक मन्त्रालयले जारी गरेको नतिजालाई उद्धृत गर्दै जनाएको छ।

नतिजा अनुसार मार्कोनले कुल ५७७ मध्ये २४५ प्राप्त गरेका छन् । यद्यपि यो अझै पनि फ्रान्सको तल्लो सदन राष्ट्रिय सभामा पूर्ण बहुमतको लागि  २८९ सिटको थ्रेसहोल्ड भन्दा कम छ।

नुप्स १३१ सिटका साथ दोस्रो स्थानमा आएको छ  र देशमा बलियो प्रमुख प्रतिपक्ष बनेको छ ।  यद्यपि गठबन्धन संसदमा एक पटक केही मुद्दाहरूमा विभाजित हुने अपेक्षा गरिएको पनि  आन्तरिक मन्त्रालयको नतिजाले बताएको छ ।

‘राष्ट्रपतिको दलको पतन  निश्चित छ र कुनै बहुमत प्रस्तुत गरिएको छैन,’ मेलेनचोनले प्रारम्भिक परिणामहरूमा टिप्पणी गर्दै साँझ  भनेका छन् । ‘हामीले आफूले निर्धारण गरेको राजनीतिक उद्देश्य एक महिनाभन्दा कम समयमै हासिल गरेका छौँ ।’

राजनीतिक स्पेक्ट्रमको अर्को छेउमा मारिनले पेनको अति दक्षिणपन्थी राष्ट्रिय र्याकली पार्टीले यसबीचमा रेकर्ड  ८९ सिट जितेर तेस्रो स्थानमा पुगेको छ ।

नयाँ नतिजा पछि, म्याक्रोन २००० को चुनावी सुधारपछि संसदीय बहुमत हासिल नगर्ने पहिलो वर्तमान फ्रान्सेली राष्ट्रपति बनेका छन् । विज्ञप्तिअनुसार आइतबार आएको परम्परागत अधिकारसहित अन्य राजनीतिक दलसँग गठबन्धन गर्ने प्रयास गर्ने अपेक्षा पनि गरिएको छ ।

‘यो एक अभूतपूर्व अवस्था हो,’ फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले भने, मतदानको परिणामस्वरूप प्रतिद्वन्द्वी दलहरू बीचको शक्तिको नयाँ ‘कन्फिगरेसन’ लाई उल्लेख गर्दै सो टिप्पणी गरिएको हो। ‘पाँचौँ गणतन्त्र अन्तर्गत राष्ट्रियसभाले यस्तो कन्फिगरेसन पहिले कहिल्यै अनुभव गरेको थिएन,’ उनले थपे।

‘भोलिसम्म हामी कार्यमुखी बहुमत निर्माणमा काम गर्नेछौँ, हाम्रो देशको स्थिरताको ग्यारेन्टी गर्न र आवश्यक सुधारहरू लागू गर्न त्यो गठबन्धनको विकल्प छैन,’ फ्रान्सेली प्रधानमन्त्रीले भने। रासस

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ३३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक