चार जिल्लामा चार जना मृत फेला  | Khabarhub Khabarhub

चार जिल्लामा चार जना मृत फेला 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौँमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बीर बहादुर गोले आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १६ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी