'लू' मा कालीको संगीत रहने  | Khabarhub Khabarhub

‘लू’ मा कालीको संगीत रहने 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेखक नयनराज पाण्डेको उपन्यास ‘लू’ फिल्म आउँदो मङ्सिरबाट फ्लोरमा जाने भएको छ । निशा खरेल निर्माता रहेको फिल्मको पटकथा पुस्तक लेखक स्वयम् नयनराज पाण्डेले लेखिरहेका छन् । क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको ‘लू’ का गीतलाई कालीप्रसाद बाँस्कोटाले तयार गर्ने भएका छन् । निर्माण कम्पनी र कालीबीच आइतबार सहकार्यको सम्झौता भएको हो । दुई गीत रहने फिल्मका दुवै गीत कालीले तयार गर्नेछन् ।

क्यारो फिल्म्सका रोजित भट्टराईले  अहिलेसम्म फिल्मका लागि कम्पनीले कालीप्रसाद बाँस्कोटा र नयनराज पाण्डेसँग मात्र सम्झौता गरेको जनाएको छ । यद्यपि फिल्ममा अभिनेताको रुपमा विपिन कार्की र निर्देशकको रुपमा प्रदीप भट्टराईको नाम चर्चामा छ । ‘लू’ शीर्षकमा फिल्म बन्ने भएपछि पाठकहरू उत्साहित छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ५८ बजे

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी