मन्त्री कार्की भन्छन्, ‘समाज परिवर्तनका लागि फिल्मको छुट्टै महत्व छ’ « Khabarhub

मन्त्री कार्की भन्छन्, ‘समाज परिवर्तनका लागि फिल्मको छुट्टै महत्व छ’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समाज परिवर्तनको लागि फिल्म कारक तत्व रहने बताएका छन् । ‘नेपाललाई आफ्नो क्षेत्रबाट सभ्य, शान्त र समृद्ध समाज बनाउँदै आउने पुस्तालाई कमसेकम १० वर्ष भित्र समृद्ध समाज र देशको पक्षमा उभ्याउन सक्षम बनाउन आवश्यक देखिन्छ । यसको लागि फिल्मको निकै ठुलो महत्व छ । म यसक्षेत्रको विकासको लागि सधैँ साथमा छु’ मन्त्री कार्कीले भने । 

उनले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यम मार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । उनले चलचित्र पत्रकारिता मोफसलमा समेत बढिरहेकोमा खुसी व्यक्त गरे । ‘विधागत पत्रकारिता गरिरहनु भएका तपाइँसम्पूर्ण अझै जागरुक हुनुपर्छ’ उनले भने । मन्त्री कार्कीले नेपाली फिल्मको विकासका लागि आफू सदैव तयार रहेको भन्दै नीतिगत रूपमै सुधारमा लागेको बताए । 

चलचित्र पत्रकार संघ नेपालले तीन वर्षकै पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेको थियो । दिनेश सिटौलाको अध्यक्षतामा सम्पन वार्षिक उत्सव समारोहमा २०७७, ७८ र ७९ सहित १६ पत्रकारले सम्मान, पुरस्कार , प्रोत्साहन पुरस्कार, मोफसल पत्रकारिता पुरस्कार लगायत प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना