अभिनेता हमाल भन्छन्, ‘फिल्म आफैँमा एउटा मिडिया हो’  « Khabarhub

अभिनेता हमाल भन्छन्, ‘फिल्म आफैँमा एउटा मिडिया हो’ 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले मिडियाको सशक्तताले आकर्षण गरेको बताएका छन् । अभिनेता हमालले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । चलचित्र पत्रकारिताले चलचित्रको जुन सोच र सिर्जनाको सामाग्री पस्किने विचार राखे । ‘फिल्म आफैँमा एउटा सशक्त मिडिया हो । यसले धेरै व्यक्तिलाई प्रभावित पार्न सक्छ । एउटा फिल्म राम्रो बनेको छ भने त्यसले हेर्ने दर्शकको सोचलाई समेत परिवर्तन गर्ने संवाहक बन्छ । त्यसको माध्यम चलचित्र पत्रकारिता बन्ने भएकाले पनि मलाई यस क्षेत्र प्रति लगाव छ’ अभिनेता हमालले भने । 

उनले पछिल्लो समय डिजिटल प्रविधि बढेसँगै आइरहेको नयाँ नयाँ माध्यममा विश्वसनीयता बढाउने चुनौती औँल्याए । ‘अहिले सामाजिक सञ्जाल, युट्युब, टिकटक, अनलाइन पोर्टल लगायतका नयाँ माध्यमहरू छन् । जहाँबाट पनि सूचना लिन सकिन्छ । यद्यपि विश्वसनीयता बढाउने दायित्व भने पत्रकारको हुन्छ । हतार नगरौँ र विश्वसनीय खबर दिने गरौँ’ उनले भने । 

उनले चलचित्र पत्रकारिता मोफसलमा समेत बढिरहेकोमा खुसी व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपालले तीन वर्षकै पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेको थियो । दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव समारोहमा २०७७, ७८ र ७९ सहित १६ पत्रकारले सम्मान , पुरस्कार , प्रोत्साहन पुरस्कार , मोफसल पत्रकारिता पुरस्कार लगायत प्रदान गरिएको थियो । 

 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : १५ बजे

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ