यसकारण सर्‍यो ‘ग्रहण’ को छायांकन  « Khabarhub

यसकारण सर्‍यो ‘ग्रहण’ को छायांकन 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन केही समय ढिलिएको छ । नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘प्रसाद २’ को छायांकन असार दोस्रो साता देखि हुने तयारी बढेपछि फिल्म ‘ग्रहण’ केही समय धकेलिएको हो । गत मेबाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको छैन । 

फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । नम्रताले प्रसादमा नारायणीको भूमिका निर्वाह गरेकी छिन् भने ग्रहणमा योगा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् । सिक्किममै फिल्म छायांकन गर्न नम्रताले नै निर्देशक गुरुङलाई सुझाव दिएकी थिइन् । ‘मैले सोल सिस्टर्सको छायांकन गर्दा नै यहाँ धेरै लोकेशन हेरेकी थिएँ । केहीसँग छायांकन भयो र केहीमा बाँकी थियो । फिल्मको कथा मिल्ने भएकाले सिक्किम सजेस्ट गरेकी हुँ’ नम्रताले भनिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसको लागि उनले केही समय प्रशिक्षण समेत लिएकी थिइन् ।

‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकी मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् । फिल्मको कथा लेख्दा नै नम्रतालाई उक्त क्यारेक्टरमा देखेको निर्देशक राजीव गुरुङले बताए । ‘मैँले क्यारेक्टर तयार गरेपछि नम्रताजीलाई पाए र अफर गरेको हुँ । त्यस्तै अर्को क्यारेक्टरमा विनय जी फिट हुनु भो’ निर्देशक गुरुङले भने । अमेरिकाबाट फिल्म सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रिलर र ड्रामा जनरामा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ ।No description available.निर्देशक गुरुङको फिल्म प्रतिको लगाव देखेर नै विनय श्रेष्ठले आफू कलाकारसँगै कार्यकारी निर्माताको रुपमा समेत जोडिएको बताए । ‘राजीव जीको फिल्म प्रतिको लगावले सँगै सहकार्य गर्न प्रेरित गर्‍यो’ उनले थपे ,’फिल्ममै केही गर्छु भन्नेलाई हामीले सहकार्य गरेर सघाउने हो ।’ नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् ।‘सानो संसारपछि कार्मसँग अझै सहकार्य जुटेको छैन । विनय दाइसँग बल्ल जुट्यो’ नम्रताले भनिन् । फिल्ममा सारुक ताम्राकार पनि छन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरि हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ४९ बजे

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।