पूर्व छापामार नेता गुस्ताभो पेट्रो कोलम्बियाका नयाँ राष्ट्रपति निर्वाचित « Khabarhub

पूर्व छापामार नेता गुस्ताभो पेट्रो कोलम्बियाका नयाँ राष्ट्रपति निर्वाचित


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित  भएका छन्  । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका छन् ।

राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले यसबारे जानकारी दिएको हो । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत प्राप्त गरेका छन् ।  

यो कूल खसेको मतको ५०.४४ प्रतिशत हुन आउँछ । यस्तै  हर्नान्डेजले १०,५७९,८०३ अर्थात् ४७.३१ प्रतिशत मत प्राप्त गरेका छन् । 

नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो । ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ’ पेट्रोले लेखेका छन् । ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो ।’

६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनी कुनै समय एम १९ नामक छापामार लडाकु समूहको नेता समेत रहेको टाइम्स म्यागजिनको अनलाइन संस्करणले जनाएको छ । उनले अगस्ट ७ का दिन राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो ।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : १७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको