मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन : शिक्षामन्त्री पौडेल « Khabarhub

मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन : शिक्षामन्त्री पौडेल


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उनले भने, ‘प्रकृतिको नाशा साधन गर्न सक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’

No description available.प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताएका छन् । उनले प्रकृतिमा बाँच्नका निम्ति बनस्पती र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए ।‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थिति बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने । ‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम्‌ भनेर पढ्छौं ।

आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने ‘आत्मक समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम्‌ फल्न, फक्रन सक्दैन । ’मन, बचन र कर्ममा अनुभूति प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए । ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौं’ उनले भने । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ३७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय