मिस नेपाल वर्ल्ड प्रियंका भन्छिन्, 'मिस वर्ल्डको ताज नेपाल ल्याउन सक्दो कोशिश गर्नेछु' | Khabarhub Khabarhub

मिस नेपाल वर्ल्ड प्रियंका भन्छिन्, ‘मिस वर्ल्डको ताज नेपाल ल्याउन सक्दो कोशिश गर्नेछु’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वर्ल्ड २०२२’ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्र्याएका  हुन् ।  

सेतो रंगको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै आएकी प्रियंकालाई गहृ प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै प्रियंकाले मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताइन् ।

No description available.‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,’ उनले आफ्नो भविष्यको योजनाबारे पनि भनेकी छन्, ‘अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु ।’ उनले मिस नेपाल वर्ल्ड बन्न वर्षौँदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि आफूसँग शब्द नै नभएको बताइन्

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ४७ बजे

सिङ्गो पृथ्वी मानव स्वास्थ्यका लागि योग (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको