एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त  | Khabarhub Khabarhub

एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो ।

एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्‍याएको योगदानको स्मरण गरेको छ ।

‘आफू सानै छँदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेम र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

राजनीतिक यात्राका क्रममा उनले एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गरेकी थिइन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते एमालेले नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो ।

‘मुलुकको परिवर्तन र रूपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नानीमैया नकर्मीप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ एमालेले भनेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४२ बजे

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका