नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद « Khabarhub

नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेचेको आरोपमा प्रहरीले सर्लाही लालबन्दीका आशिष कार्की र चितवन रत्ननगरका किरण श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको सथबाट दुईवटा डीआई गाडी र १९७ वटा पानीको जार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँको कलंकी सडक खण्डमा उनीहरुले अन्य कम्पनीको ट्रेडमार्क रहेको पानी बिक्री गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति एवम् बरामद सामानहरुलाई आवश्यक अनुसन्धान एवम् थप कारवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पठाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०० बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग