अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- ‘तपाईंहरुले ठोकिदिनु भएछ नि !’ « Khabarhub

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- ‘तपाईंहरुले ठोकिदिनु भएछ नि !’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनेरास्ववियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ ।

सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

बैठकमा हो हल्ला र लफडा भएपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो । उक्त समूह निस्किएपछि क्रान्तिकारीको बैठक सुचारु भएको थियो । तर समस्याकाबीच बैठक बसेको भन्दै कार्की समूह प्रचण्ड निवास पुगेको हो ।

विधानमा १९९ सदस्यीय कमिटीको व्यवस्था भए पनि अध्यक्ष पञ्चा सिंह पक्षले २९९ सदस्यीय र २५ जना पदाधिकारी हुनु पर्नेमा ४१ जनाको नाम पेस गरेका कारण समस्या भएको कार्की समूहले अध्यक्ष प्रचण्डसँग भनेको थियो ।

विधान अनुसार अघि बढौं भन्दा आफूहरुलाई रोक्न खोजिएको भन्दै उनीहरुले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । थप गर्नु पर्ने भए विधान परिषद् बोलाउनु पर्छ त्यसबाट अनुमोनद नगरी थप गरिए अवैध हुने उनीहरुको भनाइ थियो ।

जवाफमा प्रचण्डले विवाद समाधन गरेर अघि बढ्नु पर्ने बताएका थिए । आफूले विवादको खबर पाएपछि रोक्नू भनेर निर्देशन दिएको भन्दै प्रचण्डले प्रश्न गरे, ‘बैठक रोकिएन ?’ प्रचण्डको भेटबारे जानकारी दिँदै कार्कीले अध्यक्षको निर्देशन विपरित बैठक भएको बताए ।

बैठक स्थलमा भएको झडपबारे पनि प्रचण्डले प्रश्न गरेका थिए । उनले आक्रमणमा उत्रिएको भन्दै असन्तुष्ट पक्षसँग भने, तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : २५ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम