नेकपा एसको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक असार १० र ११ गते बस्ने « Khabarhub

नेकपा एसको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक असार १० र ११ गते बस्ने


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए ।

केन्द्रीय नेताद्वारा सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे प्रस्तुत गरिने बैठकमा मुलुकको समसामयिक अवस्थाबारे पनि छलफल हुनेछ ।

आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने तथा पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिने बैठकमा केही विषयसूची पोलिटब्यूरो बैठकले पनि तयार गर्नेछ ।

केन्द्रीय कमिटीको बैठक सम्पन्न भए लगत्तै पार्टीले केन्द्रीय परिषद्को बैठक यही असार १३ र १४ गते बोलाएको छ । पार्टीले देशभर तीव्र गतिमा सङ्गठन विस्तार गरी राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : २४ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम