नेकपा एसको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक असार १० र ११ गते बस्ने | Khabarhub Khabarhub

नेकपा एसको पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक असार १० र ११ गते बस्ने


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए ।

केन्द्रीय नेताद्वारा सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे प्रस्तुत गरिने बैठकमा मुलुकको समसामयिक अवस्थाबारे पनि छलफल हुनेछ ।

आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने तथा पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिने बैठकमा केही विषयसूची पोलिटब्यूरो बैठकले पनि तयार गर्नेछ ।

केन्द्रीय कमिटीको बैठक सम्पन्न भए लगत्तै पार्टीले केन्द्रीय परिषद्को बैठक यही असार १३ र १४ गते बोलाएको छ । पार्टीले देशभर तीव्र गतिमा सङ्गठन विस्तार गरी राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : २४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई