‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे « Khabarhub

‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– लोकप्रिय र्‍यापर आशिष राना ‘लाउरे’ ले आफू क्याम्पस पढ्दा नै लागुऔषधको दूर्व्यसनमा फसे पनि अहिले यसबाट उम्केको बताएका छन् ।

पोखरामा आयोजित लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो अनुभव बाँड्दै उनले आफूले लागुऔषध सेवन गर्ने निर्णय लिनु नै जीवनको सबैभन्दा खराब निर्णय भएको पनि बताएका छन् ।

केही समयअघि लागुऔषध सेवन गर्दागर्दै पक्राउ परेका लाउरे ५६ दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका थिए । अहिले उनी लागुऔषध दुर्व्यसनीबारे अरुलाई सचेत गराउँदै हिँडेका छन् । जिल्ला प्रहरी कास्कीले लागुऔषध विरुद्धको अभियानमा लाउरेलाई ‘आइकन’ बनाएको छ ।

सोमवार पोखरा सभागृहमा आफ्ना जीवनका अनुभव साट्ने क्रममा उनले सयौँ विद्यार्थीहरुलाई लागुऔषध सेवन नगर्न पनि अनुरोध समेत गरे । सांगीतिक प्रस्तुतिसमेत दिएका लाउरेले लागुऔषधका बेफाइदाका बारेमा पनि अनुभवहरु शेयर गरेका थिए ।

‘कलेज पढ्दा विस्तारै साथीहरुको संगतले म लागुऔषध सेवन गर्न थालेँ, ड्रग्स सेवन गर्न थालेपछि मेरो जीवन अव्यवस्थित हुन थाल्यो, मैले जीवनमै सबैभन्दा ठूलो भूल त्यही गरेछु,’ लाउरेले विद्यार्थीहरुलाई भने ।

उनले लागुऔषधका फाइदाभन्दा बढी बेफाइदा हुने बताए । उनले जीवन सुन्दर भएकाले लागुऔषधको दलदलबाट जतिसक्दो चाँडो निस्कन युवापुस्तालाई अनुरोध पनि गरे ।

‘आजभोलिका केटाकेटीले जीवन लामो छ भन्ने गरेको पाउँछु, तर जीवन निकै छोटो छ, २० वर्ष हामी बच्चा नै हुन्छौँ,’ उनले भने, ‘हामीले काम गर्ने भनेको ३० वर्ष मात्रै हो, पछि त हामी बुढेशकालमा केही गर्न सक्दैनौँ, त्यसैले अहिले सिर्जनशील बन्नुहोस् ।’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना