गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री पौडेल « Khabarhub

गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री पौडेल


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डमा आज आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताएका हुन् ।

प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय सरकारसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि कक्षा कोठाको सुधार, परीक्षा प्रणालीमा सुधार, शिक्षण सिकाइ, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली एवं मूल्याङ्कनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षा प्रदान गर्नेबारेमा मन्त्री पौडेलबाट विभिन्न कोणबाट चर्चा गर्दै निर्देशन भएको बताए ।

उनका अनुसार कक्षा ८ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको विविध प्रश्नावली निर्माण, प्रश्नपत्र प्रवद्र्धीकरण गर्न देशभरका सबै पालिकाका जिल्ला समन्वय अधिकारी, स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरु, बोर्डका पदाधिकारीहरुलगायत पाठ्यक्रम एवं परीक्षासँग जिम्मेवार निकायका व्यक्तिहरु भौतिक तथा भर्चुअलबाट सहभागी रहेको कार्यक्रममा प्रश्नपत्र कसरी निर्माण गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

बोर्डका अध्यक्ष शर्माले कक्षा ८ का विज्ञान, गणित र अङ्ग्रेजी विषयका छनोट गरिएका शिक्षकलाई कसरी प्रश्नपत्र निर्माण गर्नेबारेमा प्रशिक्षण गर्ने बताए ।

देशको सङ्घीय संरचनाअनुसार छनोटमा परेका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने, उनीहरुलाई प्रदेशमा परिचालन गरेर शिक्षकलाई तालिम दिने र त्यो तालिमलाई जिल्ला तथा पालिका तहसम्म पुर्‍याउने र प्रश्नपत्र निर्माणलाई गुणस्तरीय बनाउने उनले बताए ।

यसबाट जिल्ला र पालिकामा शिक्षण सिकाइ प्रक्रियालाई सुधार गर्ने कामको सुरुआत गर्ने बताउँदै बोर्डका अध्यक्ष शर्माले बोर्डले बाह्य परीक्षाको मूल्याङ्कनको जिम्मेवारी पाएकाले स्थानीय तहका शिक्षकलाई जिम्मेवार बनाउने बताए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : १५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६