प्रधान सेनापति शर्माले गरे युनिफिल फोर्स हेडक्वाटर निरीक्षण « Khabarhub

प्रधान सेनापति शर्माले गरे युनिफिल फोर्स हेडक्वाटर निरीक्षण


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण गरेका छन् ।

असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको भ्रमणमा रहेका प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन समेत गरेका छन् ।

साथै प्रधान सेनापति महारथी शर्माले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका २ जना नेपाली शान्ति सैनिकहरु तथा लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका ३ जना लेबनानी नागरिकहरुलाई “प्रधान सेनापति प्रशंसा निशान” प्रदान गरेका छन् ।

प्रधान सेनापति महारथी शर्मा र भ्रमण दलका सदस्यहरुले आजै युनिफिल फोर्स हेडक्वाटर नाक्यूराको भ्रमण गरेको सेनाले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : १२ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०