रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ? | Khabarhub Khabarhub

रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ?



जीवनको आधार नै खाना हो। जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिएर कृतिम खाना खाँदा मधुमेह, मुटुको रोग, ग्याट्रिक कोलेष्ट्रोल जस्तो रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटलका खाना लामो समय सम्म प्याकिङ गरेका खाना खानाले धेरै रोगहरु लाग्छन्।

घर बाहिर खानुपरे के गर्ने ?
बाध्यता परेर घरबाहिर खानुपरेमा ड्राई फूड्स काजु किसमिस छोकडा बोक्रा फालेर खाने कुराहरु चनाहरु खान सकिन्छ।
तर, हाम्रोमा मःमः र चाउचाउ खाने बानी भइसकेको छ। हामीले स्वस्थ खाना खान खोज्यो भने प्रशस्तै पाउछौँ।

कस्तो खाना खानुपर्छ ?
खाना के खाने र के नखाने भन्ने कुरा जान्न आवश्यक छ। कति मात्रामा खाने कुन समयमा खाने ? त्यो कुराले पनि हाम्रो स्वास्थ्यमा असर पारेको हुन्छ। त्यसैले खाना एकदमै राम्रो छ। तर, त्यसलाई खान जानिएन र ठिक समयमा खाइएन भने स्वास्थमा प्रतिकुत असर गर्न सक्छ।

सकेसम्म प्रकृतिले नै दिएको प्राकृतिक रुपमा पाउने भोजनलाई त्यसको प्राकृतिक गुण नष्ट नगरी खाँदा राम्रो हुन्छ।

मौसम अनुसारका फलफूल ठाउँ अनुसारका बाली, तरकारी खाने, लोकल खाना खाने, घरमा नै बनाएको खाना खाने, रोटी दाल भात तरकारी, भुटेको मकै जस्ता खाने कुरा खाने गर्नुपर्छ।

खानामा कसरी ध्यान दिने ?
एउटा भनाइ नै छ ‘बिहानको नास्ता राजाको जस्तो दिउँसोको खाना रानीको जस्तो बेलुका को खाना मगन्ते।’ यो भनेको बिहानको खाना दिन भरी काम गर्नुपर्ने हुन्छ।

ऊर्जा चाहिन्छ त्यसको लागि र पाचन शक्ति पनि बलियो हुने हुनाले विहानको खाना अलि पोसिलो अथवा ऊर्जा दिने खानुपर्छ। दिउँसोको लागि बिहानको भन्दा अलिकति हल्का खाना खाने र बेलुकाको खाना छिटो हलुङ्गो खाना खाने र सुत्नु भन्दा तीन घण्टा भन्दा पहिला खाने गर्नुपर्छ।

बेलुकाको खानाले धेरै रोग लाग्छ। तेल, मैदा र चिनीबाट बच्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ।

फाइबर पाइने खाना
हरियो तरकारीबाट धेरै फाइबर पाइन्छ। त्यसमा पनि बोक्रासहित खान मिल्ने तरकारीमा धेरै फाइबर पाइन्छ। हरियो साग पाइन्छ। फर्सी, घिरौँला र हरिया फलफूलमा पनि फाइबर पाइन्छ।

अन्नमा रिफाइन नगरेको जस्तो चामल पोलिस गरेको भन्दा, ब्राण्ड राइसको प्रयोग गर्ने, गौँको मैदालाई भन्दा आटालाई प्राथमिकता दिने गर्नुपर्छ। यसरी तरकारी र खाने कुरा मिलाएर खादा फाइबर, भिटामिन र मिनिरल पाइन्छ।

नुन र चिनीले पनि धेरै समस्या ल्याउन सक्छ
प्राकृतिक चिकित्सामा नुन, चिनी र मैदालाई ह्वाइट पोइजन भन्छौँ। यसले ढिलो ढिलो गर्दै असर गर्दछ। ३–५ ग्रामसम्म नुन खायो भने हामीलाई पुग्छ। तर, ३० ग्रामसम्म खाने गरेको नेपालको तुलनामा देखिन्छ। त्यसैले नुनलाई कम गर्नु पर्दछ।

चिनीबाट बनेका कुराहरुले स्वास्थ्यमा धेरै रोग डाइबेटिज, मोटोपना, रगतमा क्षारको मात्र बढ्छ सुगर लाग्यो भने धेरै रोगको जन्म हुन्छ त्यसैले चिनीको प्रयोग कम गर्नुपर्छ।

मैदाबाट बन्ने खाने कुरा कम गर्यो भने जङ्गफुड धेरै कम हुन्छन्। नुन, चिनी र मैदा कम प्रयोग गर्दा आधा भन्दा बढी रोगबाट बच्न सकिन्छ।

शरीरको तौल ठिक राख्ने उपाय
खानपानमा ध्यान दिने गर्नुपर्छ। दिनभरी अफिसमा काम गर्ने मान्छे र बाहिर खेतबारीमा काम गर्ने मान्छेको खाना एकै हुँदैन। कति मेहनत हुन्छ, त्यसको आधारमा खाना खाने।

अफिसमा काम गर्ने मान्छे हो भने शारीरिक व्यायम गर्ने त्यसैले खाना र शारिरिक व्यायम नै मेन हो। धेरै खाने र इनर्जी कम प्रयोग भयो भने मोटाइन्छ। थोरै खाने र धेरै मेहनत गर्दा हामी दुब्लाउछौँ, त्यसकारण खाना र शारीरिक व्यायममा विशेष ध्यान दिने गर्नुपर्छ।

गर्मीको मौसममा कति पानी खाने ?

हाम्रो शरीर ७० प्रतिशत पानीले बनेको हुन्छ। शरीरका महत्वपूर्ण अङ्ग जस्तो ब्रेन, मुटु, मिर्गौला फोक्सो ८५ प्रतिशत पानीले बनेको हुन्छ।

जति पानी चाहिन्छ, त्यति पानी भएन भने मिर्गौलामा पथरी हुने हुन्छ। कब्जीयत हुने, ग्याष्ट्रिक हुने टाउको दुख्ने, अनिद्रा जस्ता रोग लाग्छन्। कति पानी चाहिने भन्ने ठाउँ अनुसार मौसम अनुसार भर पर्दछ।

२४ घण्टामा कम्तिमा दुई लिटर पिसाब र्फेनु पर्ने हुन्छ। पिसाब पहेलो नभई हल्का पहेलो वा क्लियर हनु पर्दछ। गर्मीमा घाममा बसेर काम गर्दा पनि दुई लिटरको बराबरको पसिना बाहिर गइरहेको हुनु पर्दछ। हाम्रो शरीरमा ३ देखि ५ लिटर पानी आवश्यक पर्दछ। धेरै वा थोरै भयो भने शरीरलाई हानी गर्दछ। यो आफ्नो समय मिलाएर पिउन सक्छौँ।

खानासँगै पानी खानु हुँदैन। खानासँगै पानी खाँदा खाना पातलो हुन जान्छ। पानी खाना खानु भन्दा अगाडि वा पछाडि खाँदा राम्रो हुन्छ। बिहान उठ्ने बित्तिकै १ लिटर जति पानी खाँदा त्यसले दिसा लगाउने काम गर्दछ।

स्वस्थ रहन के गर्ने ?
स्वस्थ हुने उपाय हाम्रो हातमा नै छ। स्वस्थ रहन विशेष गरेर ५ वटा आधार अपनाउने
आहार – स्वस्थ खानपान।
बिहार – शारीरिक व्यायाम।
विश्राम – समयमा सुत्ने र आराम गर्ने
विचार – मानसिक चिन्ता नबोक्ने।
विकार – शरिरलाई समय समयमा सफा गर्ने।

यी कुरालाई व्यवस्थापन गर्न सकेमा स्वस्थ हुन्छौँ। मुख्य कुरा खानामा नै विशेष ध्यान दिने गर्नु पर्दछ। खानामा नै ध्यान दिने हो भने कुनै रोग लाग्दैन। लागिहाल्यो भने पनि उपचार चाँडो हुन्छ। (डाक्टर जनक कोइरालासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ०२ बजे

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा