श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै « Khabarhub

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् ।

राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।

नयाँ आउने राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको अन्तराष्ट्रि सञ्चार माध्यमहरुले जनाएका छन् । विक्रमसिंघे राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।  प्रदर्शनकारीहरुले उनी राष्ट्रपति हुन नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : १५ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने