सयपत्री हाइड्रोको आईपीओ साउन १३ गते खुल्ने « Khabarhub

सयपत्री हाइड्रोको आईपीओ साउन १३ गते खुल्ने


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओको निष्कासन बन्द छिटोमा साउन १७ गते बैंकिङ समयपछि हुनेछ । यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा साउन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ ।

आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ३७ बजे

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका