दार्चुलामा दोब्बरले बढ्यो महिला हिंसा  « Khabarhub

दार्चुलामा दोब्बरले बढ्यो महिला हिंसा 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ ।

त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् । तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन् । समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ ।

आर्थिक वर्ष २०७४-७५ मा २७, २०७५-७६ मा ३९, २०७६-७७ मा ४५, २०७७-७८ मा ३९ र २०७८-७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन् । यस्तै २०७५-७६ मा पाँच, २०७६-७७ मा आठ, २०७७-७८ मा पाँच र २०७८-७९ मा पुग्दा बलात्कारका घटना ह्वात्तै बढेको छ । जबरर्जस्तीकरणी उद्योग, बालयौन दुर्व्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घट्नामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाही बताउँछन् ।

यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीको तर्क छ । अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको भन्ने पनि देखाउँछ ।

स्थानीय तहमा बनेका न्यायिक समितिका कारण पनि पछिल्लो समय प्रहरीमा उजुरी दिने बढेको कतिपय बताउँछन् । निवर्तमान नौगाड गाउँपालिका उपाध्यक्ष गौरी बडाल न्यायिक समितिमा आउने उजुरी पनि प्रहरीमा पठाउने गरिएका कारण पछिल्लो समय उजुरीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।

जिल्ला अदालतकै तथ्याङ्क हेर्ने हो भने पनि गत वर्ष बहुविवाह र बालविवाहका गरी १०-१० मुद्दा दर्ता भएका थिए । घरेलु हिंसाका चार मुद्दा दर्ता भएकामा तीन वटा फर्छ्यौट भएका छन् । विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ।

ऐनले यो अपराध प्रमाणित भएमा रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल