प्रेमराजाले ल्याए ‘पीपल डाँडे साइली’ (भिडियो)  « Khabarhub

प्रेमराजाले ल्याए ‘पीपल डाँडे साइली’ (भिडियो) 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर रहेको लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साइली’ रिलिज भएको छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको गीत भएता [पनि अहिले यसलाई दर्शक माझ ल्याउने सपना पुरा भएको बताए।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महतले पनि अब आफू गीतसंगीतमा सक्रिय रूपमा लाग्ने बताएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : २४ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ