अन्यौलमा ‘जनादेश’ « Khabarhub

अन्यौलमा ‘जनादेश’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टार अभिनेता विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसँगै सोसल इस्युको फिल्म गरिरहेका अजय ‘रन वे ३४’ पछिल्लो समय प्रदर्शन भएको फिल्म हो ।

उनी पछिल्लो समय ‘भोला’ को छायांकनमा व्यस्त छन्।  फिल्मका निर्देशक उनी स्वयम हुन् । दिल क्या करे, गंगाजल, अपहरण, राजनीति र सत्याग्रह जस्ता फिल्ममा निर्देश प्रकाश झासँग काम गरेका अजयले पछिल्लो समय निर्देशक प्रकाश झासँग काम गरेका छैनन् । प्रकाशले केही समय अगाडि नै ‘ जनादेश’ बनाउने घोषणा गरेका थिए । नेपालमा समेत एक फिल्म फेस्टिभलमा सहभागी हुन आइपुगेका प्रकाशले आफूले नयाँ फिल्म ‘जनादेश’ बनाउन लागेको बताएका थिए ।

दामुल, परिणति, मृत्युदण्ड जस्ता फिल्म निर्देशक गरेर चर्चामा आइसकेका निर्देशक प्रकाश झासँग अजयले ‘दिल क्या करे’ मा पहिलो पटक सहकार्य गरेका थिए । त्यसपछि अजय र प्रकाशको यात्राले सत्याग्रहसम्म निरन्तरता पायो । केही समय यता यी दुईको बीचमा  राम्रो सम्बन्ध थिएनन् । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्वीकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो ।

यद्यपि पछिल्लो समय प्रकाशले अजयसँग ‘जनादेश’ मा सहकार्य गर्न संकेत गरेका थिए । यद्यपि त्यसको सुरुवात अझै हुन सकेको छैन । विशेषतः निर्देशक झाले राजनीतिक परिवर्तनपछि समाज र व्यक्तिमा पर्ने असरमा फिल्म बनाउने गर्छन् । उनी अजयसँग सहकार्य गर्न चाहन्छन् । तर, अजयले  समय नदिँदा जनादेशको काम  स्क्रिप्टमै रोकिएको छ  ।

फिल्म बन्ने या नबन्ने भन्ने विषयमा निर्णय लिन निर्देशक झाले पनि सकेका छैनन् । उनी पछिल्लो समय वेब सिरिज ‘आश्रम’ को चौथो सिजनमा व्यस्त छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : २२ बजे

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा