अन्यौलमा ‘जनादेश’ « Khabarhub

अन्यौलमा ‘जनादेश’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टार अभिनेता विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसँगै सोसल इस्युको फिल्म गरिरहेका अजय ‘रन वे ३४’ पछिल्लो समय प्रदर्शन भएको फिल्म हो ।

उनी पछिल्लो समय ‘भोला’ को छायांकनमा व्यस्त छन्।  फिल्मका निर्देशक उनी स्वयम हुन् । दिल क्या करे, गंगाजल, अपहरण, राजनीति र सत्याग्रह जस्ता फिल्ममा निर्देश प्रकाश झासँग काम गरेका अजयले पछिल्लो समय निर्देशक प्रकाश झासँग काम गरेका छैनन् । प्रकाशले केही समय अगाडि नै ‘ जनादेश’ बनाउने घोषणा गरेका थिए । नेपालमा समेत एक फिल्म फेस्टिभलमा सहभागी हुन आइपुगेका प्रकाशले आफूले नयाँ फिल्म ‘जनादेश’ बनाउन लागेको बताएका थिए ।

दामुल, परिणति, मृत्युदण्ड जस्ता फिल्म निर्देशक गरेर चर्चामा आइसकेका निर्देशक प्रकाश झासँग अजयले ‘दिल क्या करे’ मा पहिलो पटक सहकार्य गरेका थिए । त्यसपछि अजय र प्रकाशको यात्राले सत्याग्रहसम्म निरन्तरता पायो । केही समय यता यी दुईको बीचमा  राम्रो सम्बन्ध थिएनन् । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्वीकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो ।

यद्यपि पछिल्लो समय प्रकाशले अजयसँग ‘जनादेश’ मा सहकार्य गर्न संकेत गरेका थिए । यद्यपि त्यसको सुरुवात अझै हुन सकेको छैन । विशेषतः निर्देशक झाले राजनीतिक परिवर्तनपछि समाज र व्यक्तिमा पर्ने असरमा फिल्म बनाउने गर्छन् । उनी अजयसँग सहकार्य गर्न चाहन्छन् । तर, अजयले  समय नदिँदा जनादेशको काम  स्क्रिप्टमै रोकिएको छ  ।

फिल्म बन्ने या नबन्ने भन्ने विषयमा निर्णय लिन निर्देशक झाले पनि सकेका छैनन् । उनी पछिल्लो समय वेब सिरिज ‘आश्रम’ को चौथो सिजनमा व्यस्त छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : २२ बजे

मेची भन्सार : ९ अर्ब ९२ करोड राजस्व असुली

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य