ओमानबाट लगानी र पर्यटक भित्र्याउन आग्रह « Khabarhub

ओमानबाट लगानी र पर्यटक भित्र्याउन आग्रह


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेट गरी नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेकाले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष मल्लको भनाइ थियो । 

अध्यक्ष मल्लले ओमानबाट मासिक दुई अर्ब रेमिट्यान्स आइरहेको भन्दै नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए । भेटमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहीबार ओमान जाँदै छन् । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : १३ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र