कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु | Khabarhub Khabarhub

कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की । जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली दर्ता सुरु भएको जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश गर्न सकिने प्रमुख निर्वाचन अधिकृत एवं कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए ।

उनका अनुसार यसअघि कार्यालयमै उपस्थित भएर फाराम भर्ने र दर्ताको काम भइरहेकामा पछिल्लो समय नाम दर्ता गर्नेको भीड बढेसँगै मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्न निर्वाचन आयोगले अनलाइन दर्ताको सेवा दिएको हो ।

उनले भने, ‘मतदाता नामावली दर्ताका लागि भीडभाड भएका कार्यालयमा अनलाइनको व्यवस्था गरिएको हो । यसबाट लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ, काम छिटो सम्पन्न हुनेछ । हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न सक्नुहुनेछ ।’

जुनसुकै ठाउँबाट पनि अनलाइनबाट आफ्नो विवरण पेश गरेपछि सो फाराममा उल्लेखित सङ्केत नम्बरसहितको प्रिन्ट कपीसहित फोटो खिच्न र औँठा छाप दिन कार्यालयमा उपस्थित हुनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले पहिलोपटक गत असार २९ गते राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा अनलाइन दर्ता सुरु गरेको थियो । पछिल्लो पटक कास्कीसहित काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा जिल्लामा सुरु गरिएको हो ।

यसैगरी जिल्लामा स्थानीय तहको निर्वाचनपछि १० हजार हाराहारीमा नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणापछि रोकिएको मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य असारदेखि पुनः सुरु गरिएकामा हालसम्म सो सङ्ख्यामा नाम नयाँ दर्ता भएको कार्यालय प्रमुख पराजुलीले बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति केही दिनमै घोषणा हुने चर्चाका बीच निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड बढेको छ । गाउँगाउँबाट सर्वसाधारण आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गर्नका लागि कार्यालयमा आउने गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ०१ बजे

संविधान संशोधनको कुराले कोही आत्तिनुपर्दैन : गृहमन्त्री लेखक

काठमाडौंं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको

‘मौलिक हक कार्यान्वयन गर्न आवाससम्बन्धी कानून बन्न मात्रै बाँकी’

काठमाडौं– कानून मन्त्री अजयकुमार चौरसियाले संविधानमा उल्लेख मौलिक हकसम्बन्धी व्यवस्था

साइबर ब्यूरोले अदालत लग्यो दुर्गा प्रसाईंलाई (तस्बिरहरू)

काठमाडौं– बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको

संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४