हेर्दाहेर्दै संसारमा देखिएका १० परिवर्तन « Khabarhub

पहिले र अहिले

हेर्दाहेर्दै संसारमा देखिएका १० परिवर्तन

‘जुन हामीले सोचेका थिएनौँ, तर अहिले तीव्र भइरहेको छ’


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हाम्रो संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । यति तीव्र गतिमा संसारमा परिवर्तनहरू आइरहेका छन् कि हामी ती परिवर्तनलाई पछाडि फर्केर हेर्न समेत भ्याउन सकिरहेका छैनौँ ।

तर, केही वर्ष अघिका तस्वीरले भने ती परिवर्तनलाई झल्काइरहेका हुन्छन् । हामी ती पुराना तस्वीरसँग नयाँ तस्वीरलाई तुलना गरेर परिवर्तित संसारबारे बुझ्न सक्छौँ । बच्चा हुर्काउने, सूचनाको आदानप्रदान गर्ने कार्यशैली र मनोरञ्जनका क्षेत्रमा व्यापक परिवर्तन आएका झन् सजिलै देख्न सकिन्छ ।

ब्राइट साइड डटकमले यस्ता नयाँ पुराना १० वटा तस्वीरको विश्लेषण गरेको छ । जसमा हामीले कति छोटो समयमा कति ठूलो परिवर्तन आइसकेको छ भन्ने कुराको हेक्का राख्न सक्छौँ ।

जुन हामीले भौतिक र व्यवहारिक रुपमा कुनैबेला कल्पना गरेका थिएनौँ । तर अहिले यति छिटो भइरहेको छ कि हामी स्वयंम पनि त्यो गति समात्न सकिरहेका छैनौँ । जुन यसप्रकार छन्ः

१. याद छ, त्यो बेला कुनै ‘सेल्फी’ क्यामेरा थिएन,  मानिसहरु डिजिटल क्यामेराबाट नै ‘सेल्फी’ खिच्दथे । तर अहिले हात हातमा स्मार्टफोन र आइफोनबाट संसारकै उत्कृष्ट सेल्फी खिच्न सक्छौँ ।

 

२. दुबई मरियाना सन् २००७ यता यसरी परिवर्तन भएको रहेछ ।  त्यतिबेलाको दुबईमा संरचना निर्माण भइरहेका थिए । त्यतिबेला यति विशाल दुबई हुन्छ भन्ने सोचिएको थिएन । त्यसबेलाको विकास निर्माणले अहिलेको भव्य दुबई आँखा अगाडि देख्न सकिन्छ ।

 

३. मोडलिङ उद्योगमा अझ विविधता आएको छ । त्यसैगरी केही प्रख्यात व्यक्तित्वहरुमा पनि परिवर्तन देखिएको छ । जुन उनीहरु हिजो थिए । त्यो आज छैनन् । जुन आज छन् । सायद त्यो भोलि पनि धेरै परिवर्तन भइसकेका हुनेछन् ।

 

४. धेरै बच्चाहरु परम्परागत खेलौना भन्दा पनि डिजिटल सञ्चार उपकरण खेल्न थालेका छन् । जुन पहिले थिएन । हामीले किन्नुपथ्र्यो । तर अहिले जुन छ । त्यो पनि किन्न पर्छ । माध्यम धेरै परिवर्तन भएका छन् ।

 

५. हामीले केही वर्ष अघिसम्म पनि हात हल्लाएर ट्याक्सी बोलाउँथ्यौँ । अहिले हातमा रहेको स्मार्टफोनमा एपको प्रयोग गरेर घरमै ट्याक्सी बोलाउन सक्छौँ । आधुनिक प्रविधि र दूनियाँमा आएको यो परिवर्तन पनि सानो होइन ।

 

६. केही वर्ष अघि डीभीडीका क्यासेट भाडामा लिएर फिल्म हेरिन्थ्यो । अहिले स्मार्टफोनमा नै नयाँ नयाँ फिल्म हेर्न सकिन्छ । पहिले क्यासेट, सिडी, डिभिडीको प्रयोग व्यापक थियो । तर अहिले त्योभन्दा कैयौँ गुणा बढी व्यापकता नेटफिलिक्स, युट्युब जस्ता डिजिटल प्लार्टफर्मको छ ।

 

७. हाम्रो हेडफोनबाट तार हराएका छन् । अहिले ब्लुटुथबाट हेडफोन सुन्न सकिन्छ । आइफोनमा पनि धेरै परिवर्तन देखिएको छ ।

 

८. स्मार्टफोनका महत्वपूर्ण संयन्त्र आजकल स्मार्टवाचमा पनि उपलब्ध छन् । जुन हामीले केही वर्षअघिसम्म परिकल्पना पनि गरेका थिएनौँ ।

 

९. हामीलाई मन परेका फिल्मका बच्चाहरु अहिले तन्नेरी भइसके । त्यतिबेलाका ती बच्चा र अहिलेका तन्नेरीमा कति भयानक परिवर्तन छ । जुन हामी शब्दमा मात्रै व्याख्या गर्न सक्दैनौँ ।

 

१०. अहिले धेरै जनाले घरबाटै काम गरिरहेका छन् । कोरोना महामारी अगाडि घरबाट अफिसको काम गर्न असम्भव मानिन्थ्यो । तर परिस्थिती यति धेरै फेरिएको छ कि काम गर्न दूनियाँको कुनै पनि शक्तिले रोक्दैन ।

(ब्राइटसाइड लगायत एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५६ बजे

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्