अमेरिका र ताइवानले गरे व्यापार वार्ताको घोषणा « Khabarhub

अमेरिका र ताइवानले गरे व्यापार वार्ताको घोषणा


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन्।

पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ। बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ। पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ।

२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो। दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन्।

‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१ औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’, अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भने।

सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबरको व्यापार भएको थियो।

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ३० बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का