समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची « Khabarhub

समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्।

आयोगले दललाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो। आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन्। निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन्। तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए।

प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार दलले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन्। आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ४९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट