मानवीय स्वार्थले चराको अस्तित्व संकटमा | Khabarhub Khabarhub

मानवीय स्वार्थले चराको अस्तित्व संकटमा


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रङ्गिन चराहरू कुनै पनि जङ्गलका आकर्षण हुन्। यी नै चराका धेरै प्रजातिको अस्तित्व सङ्कटमा पर्न थालेका छन्। उनीहरूको मिठो स्वरमा लागि जङ्गलबाट घर ल्याउने प्रचलन बढेकै कारण यो जोखिम बढेको हो।

एक अध्ययनका अनुसार जङ्गलबाट ल्याएर बेच्ने एसियामा प्रचलित शैली साँच्चै खतरनाक नै छ। अनुसन्धानकर्ताका अनुसार सबै प्रजातिमा त्यो जोखिम छैन। केही प्रजातिमा भने यथावतै छ।

करेन्ट बायोलोजीको जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार एसियाका ट्रपिकल जङ्गलमा यस्ता चराको सङ्ख्यामा न्यून हुँदै गएको छ। विस्तारै त्यहाँ ती चराहरूको कुनै अस्तित्व नै नभेटिन पनि सक्छ।

ठुङ्ने र फरक खालको रङ्ग भएको चरा नै अहिले सबै भन्दा बढी जोखिममा छन्। एक प्राध्यापकले यसको बारे आफ्ना सहकर्मीसँग एसियाका बजारमा नै गएर बुझेकी थिइन्। ‘अन्य कुनैसँग नमिल्ने एकदमै फरक रङ्ग भएको चराहरू जम्मा गरेर राखेको एसियाका धेरै बजारमा हामीले देख्यौ,’ती महिलाले भनिन्।

केही रङ्गका चरा भने बजारमा सामान्य भएका छन्। आकाशे निलो, पहेँलो र पुरा सेतो रङ्गको चरा पनि बजारमा धेरै देखिने गरेको छ। यो रङ्गमा चरा धेरै पाइने भएकाले यसलाई सामान्य मानिन्छ।

वैज्ञानिकले जङ्गलका सबै भन्दा भरपर्दा चराको बारेमा र यिनलाई हटाउँदा भएको असरका बारे पनि अध्ययन जारी राखेको छ। जङ्गलबाट सबै भन्दा धेरै ल्याइने चरामा धेरै गाढा र हल्का निलो चराहरू देखिएका छन्।

एसियाका अन्य देश भन्दा इन्डोनेसियामा बढेको यस व्यापारले वन्य जन्तु आरक्षणमा नै नयाँ चुनौती देखिएको छ। बजारीकरणका कारण जोखिममा भएको जीवको अस्तित्व रक्षाका लागि स्थापित प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय युनियन (आइइयूसीएन)ले अहिले यसको व्यापक अध्ययन थालेको छ।

गीत गाउने चरा पाल्नु इन्डोनेसियाको सामान्य संस्कृति बनेको छ। त्यहाँ चराको गायन प्रतियोगितासमेत हुने गरेको छ। ती प्रतियोगिताको पुरस्कार राशि लाखौँ रुपैयाँसम्म पनि राखिने गरेका छन्। धेरै आरक्षण संस्थाले त्यहाँ विकसित संस्कृतिसँग लडाइँ झगडा गर्नु त बेकार नै भएको प्रतिक्रिया दिन थालेका छन्।

वर्षौँदेखि चलेको चलनसँग हामी बन्दुक लिएरै भिडे पनि केही गर्न सक्दैनौ। यो त्यहाँको संस्कृतिको एउटा पाटो नै भइसकेको छ ’ एक सिनीयर प्राध्यापकले भने, ‘त्यसको साटो हामीले जोखिममा रहेको प्रजाति पहिचान गरेर तिनीहरूलाई अन्यत्र सार्न भने सक्छौं। अहिले यसको उच्च माग समेत छ।’

प्रकृतिले हामीलाई धेरै सुन्दर उपहार दिएको छ। प्रकृतिको विविधतामा रमाउन सकिने थुप्रै क्षेत्र छन्। यी नै मध्यका ‘स्कारलेट महाव’ सबै भन्दा आकर्षक हुनसक्छ। परेवा जस्तै यो चरामा धेरै रङको सम्मिश्रण हुन्छ। दक्षिण अमेरिकी जङ्गलमा पाइने यी चराको पुच्छर पुरानो परेवाको भन्दा लामो हुन्छ।

‘मान्डारिन डक’ अर्को त्यत्तिकै सुन्दर र आकर्षक चरा हो। जापानमा पाइने यो चरालाई प्रेम र विवाहको प्रतीकसमेत मान्ने गरिन्छ। यसलाई संसारको सबै भन्दा सुन्दर हाँसको रूपमा लिइने गरिन्छ।

‘इन्डियन पित्ता’ मध्यम खालको कुखुरा जस्तै चरा हो। यो दक्षिण एसियाली क्षेत्रमा नै पाइन्छ। यो यत्ति धेरै रङ्गिन हुन्छ की नौ वटा रङ्गको आकर्षण यसमा देख्न सकिन्छ। यो भारतको सबैभन्दा सुन्दर चरा मानिन्छ।

‘टोको टुकान’ ठूलो आकारको चरा हो। टोलाएर बस्ने र भावुक स्वभावको यो चरा दक्षिण अमेरिकाको पूर्वी जङ्गलमा पाइन्छ। यसको मुख पनि त्यत्तिकै लामो हुन्छ।

‘गाउल्डीयन फिन्च’ भँगेरो जस्तै देखिने एउटा चरो हो। यो अस्ट्रेलियामा पाइन्छ। अस्ट्रेलिया महादेशमा नै यसलाई सबै भन्दा आकर्षक मानिन्छ।

‘रेन्बो बी इटर’ लामो खालको चरा हो। यो सुन्दर चरा पनि दक्षिणी अष्ट्रेलियाको जङ्गलमा पाइन्छ। ‘निकोबार पिगन’ परेवा प्रजातिको सबैभन्दा ठूलो पन्छी हो। यसको पखेटा र शरीरका रौँहरू हरियो कालो मिश्रित हुन्छन्। यो संसारमा नै पाइन्छ । भारतमा यसको खोजी गर्नेको सङ्ख्या ठूलो छ।

‘रेन्बो लोरिकित’ अर्को त्यत्तिकै सुन्दर चरा हो। यो परेवा जस्तै चरा हो। क्वीन्सल्यान्डको अत्यधिक वर्षा हुने जङ्गलमा यो चरा पाइन्छ। यो चराको प्वाँख गाढा रातो, हरियो र सुन्तला मिसिएको हुन्छ।

‘रेड नेकेड टेनेजर’ अर्जेन्टिना र ब्राजिलमा पाइने आकर्षक पन्छी हो। यो दक्षिण अमेरिकामा पाइने रङ्गिन चराको सूचीमा पर्छ।

‘स्ट्रोक बिल्ड किङफिसर’ संसारका रहेका रामचरी खालका चरा मध्य ठूलो खालको चरा हो। यो दक्षिण एसियामा धेरै पाइन्छ। यो चरा सेतोमा रातो र निलो भएको हुन्छ।

‘लिलाक ब्रेस्टेड रोलर’ परेवा जातीका चरा मध्य यो सब सहारा क्षेत्रको सुख्खा ठाउँमा धेरै पाइन्छ। यो धेरै काठमा बस्न मन पराउँछ।
‘वर्ड अफ प्याराडाइज’ सायद सबै भन्दा सुन्दर चराको सूचीमा पर्छ। घना र मुसल धारे पानी पर्ने गरेका पपुवा न्युगीनीको जङ्गलमा यो धेरै पाइन्छ। यो इन्डोनेसियामा पनि पाइन्छ। यस अन्तरगत ग्रटर वर्ड अफ प्याराडाइज, किङ वर्ड अफ प्याराडाइज र विल्सन वर्ड अफ प्याराडाइज रहेका हुन्छन्।

मिठो स्वरमा राम्रो गीत गाउने चरामा ‘यलो टेल्ड ब्ल्याक कोकाकु’ पर्छ। यो तोताको स्वर र यसले निकाल्ने आवाजका पारखी धेरै हुन सक्छन्। यो चरा दक्षिणी अस्ट्रेलियामा पाइन्छ।

उनीहरूले ‘किहो, किहो र किहो’ आवाज निकाल्ने गरेका छन्। यसको आवाज धेरै टाढासम्म सुन्न सकिन्छ। दक्षिण अष्ट्रेलियामा बस्नेहरू यसको आवाजसँग परिचित छन्।

बुलबुल चरा सबै भन्दा साङ्गीतिक मानिन्छ। उनीहरूकै गीतलाई कथा, कविता र धेरै पुस्तकमा समेत व्याख्या गरिएका छन्। यिनीहरू एसिया, युरोप, अफ्रिका र भूमध्य सागरीय क्षेत्रमा बसोबास गर्छन्।

सुसेल्ने, लयबद्ध गाउने र सुमधुर आवाजको कारण यिनीहरू भएको धेरै टाढासम्म पनि वातावरण मनमोहक हुनसक्छ। परिपक्व बुलबुलले २ सय ५० वटा यस्ता आवाज निकाल्ने गर्छन्। भाले बुलबुलले पोथीलाई आकर्षित गर्न लामो समय सम्म गीत गाइ रहन पनि सक्छन्। यसको लम्बाइ ५.५ देखि ६.५ इन्चसम्म हुन्छ। भाले बुलबुल र पोथी बुलबुल हेर्दा उस्तै देखिन्छ।

‘कनारी’ अर्को मिठो स्वर भएको चरा हो। यो सुन्दर चरा स्पेनको कनारी जङ्गलमा पाइन्छ। कोइली एसियामा परिचित चरा हो। यो अष्ट्रेलिया र दक्षिण एसियामा धेरै पाइन्छ। ‘रोज ब्रस्टेड गाडबेक’ उत्तर अमेरिकामा पाइने सुन्दर आवाज भएको चरा हो।

प्रकृतिले हामीलाई अनुपम उपहार दिएको छ। हामीलाई रमाउन चाहने हो भने प्रकृतिमा नै सबै कुरा छ। यसलाई दुरुपयोग गर्दै जाने, प्रकृति माथिको व्यापार मात्र गर्दा यसको दीर्घकालीन असर त पक्कै पर्ने छ।

प्रकृतिको उपहार माथिको व्यापारीकरण यो समस्या संसारकै हो। समयमै यसलाई ध्यान दिएर जोगाउन सकेनौ भने हामीले हाम्रो सन्ततिका सामु यी केही पनि सुन्दर वस्तु छोड्न सक्ने छैनौं। स्रोत : द मिस्ट्री वर्ल्ड, वाक थ्रु इन्डिया, बीबीसी

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ०१ बजे

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री