विश्व इतिहासमा आज : आतंकविरुद्ध युद्ध घोषणादेखि पहिलो वृत्तीय उडानसम्म « Khabarhub

विश्व इतिहासमा आज : आतंकविरुद्ध युद्ध घोषणादेखि पहिलो वृत्तीय उडानसम्म


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज ४ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर २० तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रममध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २०११ सेप्टेम्बर २० मा राष्ट्रपति बाराक ओबामाले अमेरिकी सैनिय नीति ‘न सोध, न भन’ को औपचारिक रुपमा अन्त्य गरेका थिए। सन् १९९४ मा बिल क्लिन्टनको प्रशासनमा आएको सो नीतिले ‘एलजीबीटी’ समूहलाई सेनामा संलग्न हुन बञ्चित गरेको थियो। तथापि, ‘एलजीबीटी’ परिचय गोप्य भएसम्म भने सेनामा योगदान पुर्याउन सकिने वातावरण थियो।

– सन् २००१ सेप्टेम्बर २० मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले ‘आतंकविरुद्ध युद्ध’ को घोषणा गरेका थिए। संयुक्त राज्य कांग्रेसमा भाषण दिने क्रममा उनले ‘आतंकविरुद्ध युद्ध’ उल्लेख गरेका थिए।

– सन् १९८४ सेप्टेम्बर २० मा लेबनानको बेरुतस्थित अमेरिकी दूतावासमा भएको आत्मघाती कार बम आक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो।

– सन् १९८४ सेप्टेम्बर २० मा ‘द कोस्बी शो’ पहिलो पटक प्रसारण भएको थियो। एनबीसीमा सो कार्यक्रम आठ वर्षसम्म चलेको थियो।

– सन् १९७३ सेप्टेम्बर २० मा टेक्सासको ह्युसटनमा भएको ‘ब्याटल अफ द सेक्सेस’ नामक मिश्रित लिङ्ग टेनिस खेल बिली जीन किङ्गले जितेकी थिइन्। ५५ वर्षीय बबी रिग्सको कुनै पनि महिला टेनिस खेलाडीलाई हराउन सक्ने दाबी गरे स्वरुप सो खेल आयोजना भएको थियो। टेलिभिजनमा प्रसारण भएको टेनिस खेलमध्ये प्रसिद्ध मानिने सो खेललाई विश्व भरका ९ करोड दर्शकले हेरेका थिए।

– सन् १९५२ सेप्टेम्बर २० मा वैज्ञानिकले डीएनएले वंशानुगत जानकरी प्रदान गर्ने पुष्टि गरेका थिए।

– सन् १९०४ सेप्टेम्बर २० मा विल्बर राइटले पहिलो वृत्तीय उडान भरेका थिए। ‘राइट फ्लायर २’ नामक हवाईजहाजमा गरिएको सो उडान १ मिनेट १६ सेकेण्ड्समा पूर्ण भएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका