विश्व इतिहासमा आज : आतंकविरुद्ध युद्ध घोषणादेखि पहिलो वृत्तीय उडानसम्म « Khabarhub

विश्व इतिहासमा आज : आतंकविरुद्ध युद्ध घोषणादेखि पहिलो वृत्तीय उडानसम्म


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज ४ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर २० तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रममध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २०११ सेप्टेम्बर २० मा राष्ट्रपति बाराक ओबामाले अमेरिकी सैनिय नीति ‘न सोध, न भन’ को औपचारिक रुपमा अन्त्य गरेका थिए। सन् १९९४ मा बिल क्लिन्टनको प्रशासनमा आएको सो नीतिले ‘एलजीबीटी’ समूहलाई सेनामा संलग्न हुन बञ्चित गरेको थियो। तथापि, ‘एलजीबीटी’ परिचय गोप्य भएसम्म भने सेनामा योगदान पुर्याउन सकिने वातावरण थियो।

– सन् २००१ सेप्टेम्बर २० मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले ‘आतंकविरुद्ध युद्ध’ को घोषणा गरेका थिए। संयुक्त राज्य कांग्रेसमा भाषण दिने क्रममा उनले ‘आतंकविरुद्ध युद्ध’ उल्लेख गरेका थिए।

– सन् १९८४ सेप्टेम्बर २० मा लेबनानको बेरुतस्थित अमेरिकी दूतावासमा भएको आत्मघाती कार बम आक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो।

– सन् १९८४ सेप्टेम्बर २० मा ‘द कोस्बी शो’ पहिलो पटक प्रसारण भएको थियो। एनबीसीमा सो कार्यक्रम आठ वर्षसम्म चलेको थियो।

– सन् १९७३ सेप्टेम्बर २० मा टेक्सासको ह्युसटनमा भएको ‘ब्याटल अफ द सेक्सेस’ नामक मिश्रित लिङ्ग टेनिस खेल बिली जीन किङ्गले जितेकी थिइन्। ५५ वर्षीय बबी रिग्सको कुनै पनि महिला टेनिस खेलाडीलाई हराउन सक्ने दाबी गरे स्वरुप सो खेल आयोजना भएको थियो। टेलिभिजनमा प्रसारण भएको टेनिस खेलमध्ये प्रसिद्ध मानिने सो खेललाई विश्व भरका ९ करोड दर्शकले हेरेका थिए।

– सन् १९५२ सेप्टेम्बर २० मा वैज्ञानिकले डीएनएले वंशानुगत जानकरी प्रदान गर्ने पुष्टि गरेका थिए।

– सन् १९०४ सेप्टेम्बर २० मा विल्बर राइटले पहिलो वृत्तीय उडान भरेका थिए। ‘राइट फ्लायर २’ नामक हवाईजहाजमा गरिएको सो उडान १ मिनेट १६ सेकेण्ड्समा पूर्ण भएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १९ बजे

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक