लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास « Khabarhub

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय(अर्चल्यानी-दुराडाँडा–तुर्लुङकोट–पुरानकोट)बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ।

डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्‍ने बताइएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सडक स्तरोन्‍नतिको काम अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : १० बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत