समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन « Khabarhub

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको सिट बाँडफाँटमा जुटेको छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन आबद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताहरूको प्रत्यक्षतर्फको सिटको भागबन्डा मिलाउन बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : २४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट