बैतडीमा पाटन प्रिमियर लिग सुरु « Khabarhub

बैतडीमा पाटन प्रिमियर लिग सुरु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी-२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।  

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा  भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले  भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।  चौबीस टोली सहभागी रहेको सो प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए । 

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ हात पार्नेछ।    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई ‘म्यान अफ द सिरिज पुरुस्कार’ स्वरुप ११ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही पाँच हजार ५५५ प्राप्त गर्ने जनाइएको छ । उदयमान खेलाडीलाई एक हजार एकसय ११ र  प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ३० बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर