म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ ।

सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् ।

म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनस्थित लेट येट कोने गाउँमा ती बालबालिका मारिएका हुन् ।

प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो सबैभन्दा ठूलो हताहती हो ।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ ।

राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५७ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले