अमेरिकासँग व्यापार सम्झौताको अपेक्षा छैन : बेलायती प्रधानमन्त्री ट्रस | Khabarhub Khabarhub

अमेरिकासँग व्यापार सम्झौताको अपेक्षा छैन : बेलायती प्रधानमन्त्री ट्रस


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने आफूले अपेक्षा नगरेको बताएकी छिन् ।

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका पुगेकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलायत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने बताइन् । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् ।

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी उनले कन्जरभेटिभ पार्टीका आफ्ना पूर्ववर्ती बोरि जोनसन र टेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् ।

बेलायत युरोपेली सङ्घबाट बाहिरिँदा दुबै पूर्ववर्ती प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत खाडी सहयोग परिषद् जीसीसीका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् ।

दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हालेकी उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूबीच यसअघि गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो ।

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा युक्रेनमा जारी रूसी आक्रमणविरुद्ध सामुहिक रूपमा उभिन बेलायत र अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताइन् ।

युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वव्यापी रूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजस्ता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उनले बताइन् । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रूस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : १० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई