‘महापुरुष’ फिल्मको दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक « Khabarhub

‘महापुरुष’ फिल्मको दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् ।

गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ,’ उनले भने । फिल्म पारिवारिक ड्रामा रहेको उनले बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

उनीहरू प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हुँदैन । यो कथाले हरेकलाई छुन्छ,’ आचार्यले भने ।

गीतमा बाबु र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौँ । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ,’ उनले भने ।

‘लोभीपापी’ पश्चात दोस्रोपटक हरिवंशसँग स्क्रिन सेयर गरेको गौरीले बताइन् । ‘यसमा हामीले गरेको मिहिनेत विस्तारै देखिएला । तर मैले नयाँ कुराहरू सिक्न पाएँ । गीतले थोरै हिन्ट गरेको छ,’ उनले भनिन् ।

अरुण क्षेत्रीले राम्रो टिमसँग जोडिएर डेब्यु गर्न पाएको बताए । ‘उहाँहरूको ऊर्जाले मलाई निकै हेल्प गरेको छ । गीतमा काम गर्दा निकै रमाइलो भयो । केही अगाडि मात्र छायांकन गरिएको गीत कथाअनुसार नै अगाडि बढ्छ,’ अरुणले भने ।

डेब्यु गर्ल अञ्जनाले पनि यस टिमसँग सहकार्य हुँदा निकै खुसी लागेको बताइन् । ‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ४२ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने