मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो « Khabarhub

मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

चितवन– मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् ।

आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० कार्टुनमा ल्याइएको रहु र पंगास जातका भारतीय माछा व्यवासायीले नियन्त्रणमा लिएको हुन् । भारतीय माछाको रुपन्देहीको राधिका मत्स्य फर्मको नाममा किर्ते भेटेरिनरी प्रमाण पत्र बनाएर भन्सार छली गरी अवैध रुपमा काठमाडौं लैजान थालिएको अवस्थामा नियन्त्रणमा लिईएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

नवलपरासीको रामग्राम नगरपालिका–४ का अनिल केवटले राधिका मत्स्य फर्मको नाममा चार लाख ५४ हजार रुपैयाँको बिल बनाएर अवैध रुपमा माछा ल्याएको पाईएको हो । हिजो ९सोमबार० पनि व्यवसायीले ६२० केजी भारतीय माछा नियन्त्रणमा लिएर नष्ट गरेका थिए । मस्त्य व्यवसायीले हेटौंडा र सिन्धुलीबाट नियन्त्रणमा लिएको माछा पनि आज नष्ट गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ४२ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको