‘बच्चाहरुलाई सुरुमा रुघा, खोकी र निमोनिया हुन्छ’ | Khabarhub Khabarhub

‘बच्चाहरुलाई सुरुमा रुघा, खोकी र निमोनिया हुन्छ’

‘५ वर्ष मुनिका बच्चालाई भिटामिनसँगै फ्लुको खोप पनि लगाउनुपर्छ’



काठमाडौं – हिजो र आज देशैभरी ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै छ। यो किन खुवाइन्छ ? कसरी खुवाइन्छ ? यसै विषयमा आधारित रहेर बाल रोग विशेषज्ञ डा. संगिता शाक्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

बालबालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि किन खुवाउनु पर्दछ ?
भिटामिन ‘ए’ हाम्रो शरीरका लागि एकदमै महत्त्वपूर्ण तत्त्व हो। यो समय समयमा खुवायो भने यसको कमी कमजोरीले गर्दा बच्चाको आँखामा र ग्रोथमासमेत समस्या हुन्छ। राति आँखा नदेख्ने रतन्धो लगायतका समस्या हुन सक्छन्। जुकाको औषधि किन खुवाइन्छ भने बच्चाले जति पोषण युक्त खाना खान्छ, त्यो सबै जुकाले खाइदिने भयो। त्यसैले पाँच वर्ष मुनिको बच्चामा धेरै जुका पर्ने हुनाले ६-६ महिनाको फरकमा खुवाइन्छ।

सरकारले तोकेको मापदण्ड अनुसार खुवाउन सकिएन भने यसले कस्तो असर गर्दछ ?
यसपाली छुट्यो भने क्लिनिकमा लगेर खुवाउने त्यो पनि भएन भने अर्को ६ महिना कुरेर खुवाउन सकिन्छ।

६ महिना अगाडि खुवाउनु पर्ने कुरा पछाडि खुवाउँदा कुनै असर नगर्ने हो ?
हामीले ६ महिनामा दिन्छौँ। तर, राम्रो तर नखुवाउँदा धेरै असर त गर्दैन। त्यसैले अर्को ६ महिनामा खुवाउँदा असर गर्दैन। दुई तीन पटकसम्म पनि खुवाएन भने चाहिँ असर गर्दछ त्यसमा घरको खानामा पनि भर पर्दछ। जस्तो घरमा साग सब्जी खुवाएन, पोषणयुक्त खाना खुवाउन भने असर गर्दछ। त्यसैले अभिभावकले बच्चाको खानामा पहेँलो फर्सी जाँगर मुला सागसब्जी खुवाउने। गर्दा भिटामिन ‘ए’ को डोज नदिँदा पनि नराम्रो हुँदैन।

जुकाको औषधि बालबालिकालाई आफू खुसी खुवाउन कत्तिको उपयुक्त छ ?
सकेसम्म डाक्टरसँग सल्लाह नगरी केही औषधि नखुवाउन हामी भन्छौँ। तर, नेपालमा बच्चालाई पेट दुख्यो भने जुकाको औषधि खुवाउँछौँ। पेट जुकाको कारणले मात्र दुख्दैन। अपच भएर पनि दुख्छ। पिसाबी इन्फेक्सनको कारणले पनि दुख्छ। एक पटक डाक्टरको सल्लाह लिनु उचित हुन्छ। तर, तीन महिना भन्दा कम समयमा जुकाको औषधि खुवाउनु हुँदैन।

बालबालिकालाई तीन महिनामा आफै खुवाउँछु भनेर कसरी खुवाउने त ?
कात्तिक र वैशाखमा हरेक वर्ष खुवाउनु पर्दछ।

बालबालिका जन्मेदेखि ५ वर्षसम्म अरु कस्तो कस्तो खोप दिनु पर्दछ त ?
सरकारले १५ महिनामा दिने खोप भन्दा बढी अरु पनि हुन्छन्। सरकारले अनिवार्य नराखेको भए पनि क्लिनिकमा गएर दिँदा हुन्छ। त्यसमा एउटा ठेउलाको, हेपाटाइटिस ए, टाइफाइट र इन्फुन्जाको पैसा तिरेर लगाउनु पर्दछ। केही समयपछि सरकारले टाइफाइटविरुद्धको खोप पनि सञ्चालन गर्न थालेको छ। बच्चाको रोग भनेको सुरुमा रुघा लाग्छ खोकी लाग्छ र निमोनिया हुन्छ, त्यसैले फ्लुको खोपहरू लगाउनु पर्दछ।

यी खोपहरू एक पटक लगाएपछि मात्र हुने हो कि कति समयको फरकमा लगाउने त ?
इन्फुन्जाको एक वर्षमा एक पटक लगाउने ठेउलाको, हेपाटाइटिस ए को एक पटक लगाउने हो।

बालबालिकामा कस्तो लापरबाही गर्दा समस्या आउने हो ?
बच्चाहरूमा जे रोग लागे पनि फार्मेसिमा गएर औषधि नखुवाउने। किनभने मेडिकलमा यान्टिबायोटिक दिन्छ, त्यसले बच्चालाई झन् असर गर्दछ। त्यसैले पहिला बाल रोग विशेषज्ञहरूको लगेर मात्र औषधि खुवाउनु पर्दछ।

सबै खोप र भिटामिन खुवाएर धेरै जंक फुडहरू खुवाउँदा कस्तो असर गर्दछ ?
सकेसम्म जंक फुडहरू खुवाउँनु हुँदैन। जंक फुड कम खुवाउँनु पर्ने हुन्छ। दिनै परेमा सीमित मात्रामा दिनु पर्दछ।

बालबालिकामा कुनै पनि समस्या नआओस् भनेर के सन्देश दिन चाहनु हुन्छ ?
बालबालिकाहरूलाई घरको खाना खुवाउने गर्नुपर्छ। सकेसम्म घरमा नै बनाएको पोसिलो खाना खुवाउनु पर्दछ। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ६ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन