मुलुकमै मनग्य कमाएर खाने अवसर छ « Khabarhub

मुलुकमै मनग्य कमाएर खाने अवसर छ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टङ्कीसिनवारी– मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्यानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन ।

लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना नै पनि नेपालमा नै प्रशस्त रुपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन । कर्णाली प्रदेशअन्तर्गतको कालिकोट जिल्लाको तिलगुफा नगरपालिका बस्ने चक्रबहादुर थापा विभिन्न खाले धातुका औँठी र नेपाली ढाका टोपी बेच्छन् । कर्णालीबाट व्यापार गर्नैका लागि वहाँ इटहरीमा केही महिनादेखि डेरा जमाएर बसेका छन् ।

बूढीगङ्गा–३ को बाँसबारीमा औँठी बेच्दै अवस्थामा भेटिएका थापा आफ्नो कारोबारबाट सन्तुष्ट छन् । थापाले दैनिक नौ सयदेखि एक हजार पाँच सयसम्मको औँठी र टोपी बेच्ने गरेका छन् । थापा ग्राहकले धेरै ग्रह दशा काट्ने औँठी खोज्ने गरेको र सन्तोषजनक परिणाममा औँठीको बिक्री हुने गरेको बताउँछन् । तिहार नजिकिँदै गर्दा ढाका टोपी पनि सदाको भन्दा दोब्बर बिक्री हुने र आम्दानी पनि झन् बढ्ने थापाले बताए । ‘आम्दानी पनि राम्रै भएको र आफ्नो मनको राजा आफैँ भएकाले अर्काको खटनमा काम गर्न वैदेशिक रोजगारीमा किन जानु ?’ भन्दै ठट्यौली पारामा थापाले प्रश्न गरे।

बेलबारी नगरपालिका-९ डाँगीहाटका किशन राजवंशीलाई विदेश जाने रहर थियो । जिल्ला प्रशासन कार्यालय, विराटनगरमा राहदानी बनाउन आएका राजवंशी आफ्ना काका सत्यनारायण राजवंशीको प्रेरणाले पेन्टिङ काममा संलग्न थिए । काकाले नै विराटनगर-४ मा सञ्चालन गर्दै आएको पूर्वाञ्चल मिडियामा ब्यानरदेखि नम्बर प्लेट रङरोगन गर्न सिके । आम्दानी हुँदै जान थालेपछि राजवंशीलाई विदेशको मोहले सताउन छाड्यो । 

राजवंशीले अहिले महिनामा ३५ हजारदेखि ४० हजार कमाउँछन् । उनले इमानदारी साथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर छ भने। राहदानी बोकेर विदेश उड्ने सोच लिएका राजवंशीले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा आफूले यहीँ बसेर मनग्य कमाउन थालेको भन्दै गर्व गरे ।

ठेलामा केरा राखेर बेच्ने संगीत महतोले आफू बसेकै ठाउँमा कमाइ छ भने विदेश किन जाने रु भनेर प्रश्न गरे। विराटनगर-७ को सहिद मैदान अगाडि भेटिएका संगीतले आफूले सुनसरीको देवानगञ्जदेखि केराका भारी ल्याएर बेच्ने गरेको अनुभव सुनाए । महतोले केरा बिक्रीबाट चाहे जस्तो मुनाफा आर्जन गरेको र घर पनि मज्जाले चलिरहेको बताए । टुङ्गो न बुङ्गोको विदेश जानुभन्दा स्वदेश निर्माणमा योगदान गर्नु उत्तम हुने तर्क महतोले राखे ।

वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली भएको छ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले आफूलाई विदेश लगेर बिचल्ली बनाएको भन्दै एजेन्ट र म्यानपावर विरुद्ध असोज महिनामा मात्रै १९ वटा उजुरी परेको बताएको छ । केन्द्रकी परामर्शकर्ता मुना निरौलाले चार वटा उजुरीको समाधान गरिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताए । 

निरौलाले साउनयता एक हजार दुई सय व्यक्तिले विदेश जानका परामर्श लिइसकेको बताए । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले राहदानीका लागि प्रशासनको राहदानी फाँटमा दैनिक एक सय वटा आवेदन पर्ने गरेको बताए । सेवाग्राहीको अत्यधिक चापका कारण प्रशासनले दैनिक ८० वटा मात्र राहदानीको आवेदन लिने भनी गरेको अघिल्लो निर्णयलाई उल्टाउँदै आज बिहीबारदेखि दैनिक एक सय वटा आवेदन लिन थालिएको बताए ।

– अच्युत रेग्मी रासस

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : २२ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन