बेलायती प्रधानमन्त्री लिजद्वारा पदबाट राजीनामा « Khabarhub

बेलायती प्रधानमन्त्री लिजद्वारा पदबाट राजीनामा


३ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

पछिल्ला केही दिनयता आफ्नै पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूले उनको नेतृत्व प्रति असन्तोष व्यक्त गर्दै आएका थिए । बुधबार मात्रै बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएकी थिइन् ।

४५ दिनअघि प्रधानमन्त्री बनेकी ट्रसले आफ्नो राजीनामाबारे राजा चार्ल्स तृतीयलाई जानकारी गराएको बताएकी छिन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले यसै साता नयाँ प्रधानमन्त्री चयन गर्ने अपेक्षा गरिएको छ ।

नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले नै बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको