व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ « Khabarhub

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायीका विभिन्न समस्या समाधान गरी आर्थिक गतिविधिलाई चलायमान बनाउन गठबन्धनको सरकार क्रियाशील रहेको बताए ।

मङ्सिर ४ गते हुने आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान रहेकाले व्यवसायमैत्री वातावरण अपरिहार्य रहेको विचार व्यक्त गरे ।

उनले नीतिगत सुधार, क्षमता विस्तारजस्ता व्यावसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताउँदै उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न पेसा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताए ।

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानीमैत्री वातावरण बनाउन आफूहरू लागीपर्ने बताए । कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयललगायत पदाधिकारीहरूले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरूबारे जानकारी गराए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५