व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायीका विभिन्न समस्या समाधान गरी आर्थिक गतिविधिलाई चलायमान बनाउन गठबन्धनको सरकार क्रियाशील रहेको बताए ।

मङ्सिर ४ गते हुने आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान रहेकाले व्यवसायमैत्री वातावरण अपरिहार्य रहेको विचार व्यक्त गरे ।

उनले नीतिगत सुधार, क्षमता विस्तारजस्ता व्यावसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताउँदै उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न पेसा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताए ।

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानीमैत्री वातावरण बनाउन आफूहरू लागीपर्ने बताए । कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयललगायत पदाधिकारीहरूले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरूबारे जानकारी गराए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : ५९ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित