चुनावमा आफ्नै स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा « Khabarhub

चुनावमा आफ्नै स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा

‘उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीले सजगता अपनाउनुपर्छ’



काठमाडौं – चुनावको समयमा अन्य समयभन्दा दौडधुप बढी नै गरिन्छ। यो समयमा उम्मेदवारहरू पनि धेरै तनावमा हुन्छन्। यो बेलामा खाना खाने समयसम्म नहुने हुँदा जंकफूड, मदिरा तथा धुम्रपान जस्ता हानिकारक पदार्थको सेवन अत्यधिक हुन्छ।

चुनावको समयमा हुने यस्तो गतिविधिले रक्तचापको समस्या भएका व्यक्तिमा रक्तचाप अझ बढ्ने सम्भावना हुने मुटुरोग विशेषज्ञ डा. विजय राजवंशी बताउँछन्।

यो बेलामा धेरै धपेडी हुनाले तनावका कारण हृदयघात, मस्तिष्कघात तथा पक्षघात हुनसक्नेतर्फ सजग गराउन आवश्यक रहेको डाक्टरको भनाई छ। रक्तचाप, सुगर, मुटु सम्बन्धी समस्याको औषधि खाइरहेको छ भने तनावले गर्दा हृदयघात समेत हुनसक्छ।

मनोविद् डाक्टर गंगा पाठक भन्छिन्, ‘चुनावी प्रचारप्रसारमा खटिँदा तनाव उत्पन्न हुनसक्छ, विशेषगरी अस्वस्थ प्रतिपर्धा भएको अवस्थामा मनमा डर हुने तथा तनावको स्थिति निम्तन सक्छ।’

कार्यकर्ता रिझाउने, चुनावमा धेरै खर्च हुन्छ कि भन्ने डर लाग्ने जस्ता कारणले पनि मानसिक तनाव तथा चिन्ता बढ्ने उनको भनाई छ। तनाव बढ्दै गए डिप्रेसन लगायतका जोखिम समेत हुनसक्ने भएकाले समयमा नै खानपान गर्न र राम्रोसँग निदाउन उनको सुझाव छ।

यस्तै, चुनावी अभियानमा हिँड्ने अधिकांश नेता, कार्यकर्ता लगायतमा पनि रक्तचापको समस्या हुनसक्ने देखिन्छ। रक्तचापको समस्या भएको व्यक्तिले औषधि उपचार नगरे हृदयघात हुने, मुटुले काम नगर्दा मस्तिष्कघात हुने र हिँड्दा हिँड्दै ढलेर मृत्यु हुन सक्छ भन्छन्, मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश रेग्मी।

‘चुनावको तनाव र धपेडीले जसलाई पनि समस्या आउन सक्छ’ उनले भने, ‘त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्न आवश्यक छ।’

चुनावमा ध्यान दिनुपर्ने कुरा
४० वर्ष उमेर नाघेका र कुनै दीर्घरोगको समस्या भएका व्यक्तिले चुनावी अभियानको क्रममा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ। नेताहरूमध्ये कतिपयलाई रक्तचाप, सुगर, थाइरोइड जस्ता समस्या देखिने गरेको र कतिले औषधि खाइरहेकाले चुनावी अभियानको क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ।

पहिले खासै हिँडडुल नगरेको र विशेषगरी ५० वर्षभन्दामाथिको उमेर समूहका व्यक्ति उकालो ओरालो बढी हिँड्दा घुँडाको समस्या हुने तथा शरीर दुख्ने जस्ता समस्या निम्तनसक्ने चिकित्सकहरू बताउँछन्।

चुनावमा स्वस्थ रहन
चुनावी अभियानमा हिँड्दा निम्तनसक्ने स्वास्थ्य जोखिमबाट बच्न अस्वस्थ खानपान छोड्नुपर्ने हुन्छ। नियमित आरामले सुत्ने, निद्रा पुर्याएर उठ्ने, उचित समयमा खानपान गर्ने, प्रशस्त पानी पिउने गर्नुपर्छ।

नेताहरूले बोलिराख्ने भएकाले भोकल कोर्डमा समस्या पर्नसक्छ। बेलुका बेलुका सम्भव भएसम्म नुनपानीको बाफ लिनुपर्छ।

जतिसुकै धपेडी भए पनि ठीक समयमा खानपान गर्न र पानी पिइरहन छुटाउनु हुँदैन। सकेसम्म जंकफुड कम खानुपर्छ। त्यसैगरी चुनावी अभियानमा हिँड्दा उम्मेदवार लगायतलाई तनाव व्यवस्थापनमा नै जोड दिनुपर्छ।

सामान्य अवस्थामा जस्तै नियमित खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्ने हुन्छ। कोरोनासंक्रमण, डेंगु र मौसमी इन्फ्लुइन्जा जस्ता जोखिम कायम नै रहेकाले चुनावी अभियानमा हिँड्दा सजगता अपनाउनुपर्ने हुन्छ।

कुनै स्वास्थ्य समस्या भए ढिला नगरी तुरुन्तै स्वास्थ्य संस्थामा पुग्न तथा चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०७ बजे

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले