ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु « Khabarhub

ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन्।

टिमोभस्कोए गाउँमा सन् १९८० को दशकमा बनेको इट्टाको भवनमा विस्फोट भएको तास समाचार एजेन्सीले जनाएको छ। मृत्यु हुनेमा चार जना बालबालिका छन्।

ग्यास विस्फोटमा चार बालबालिका सहित नौ जनाको मृत्यु भएको छ’ क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले रोसिया २४ टेलिभिजन च्यानललाई भने। आपतकालीन मन्त्रालयले प्रारम्भिक जानकारीमा ग्यास लिक भएको औंल्याएको छ।

विस्फोटमा भवनका अधिकांश तला भत्किएको प्राप्त विवरणहरुमा जनाइएको छ। घटनास्थलमा दर्जनौँ उद्दारकर्मी परिचालन गरिएको आपत्कालीन मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ५९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको