बेन्जेमा विश्वकपबाट बाहिर | Khabarhub Khabarhub

बेन्जेमा विश्वकपबाट बाहिर


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो।

बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन्। विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो।

फ्रान्स राष्ट्रिय टोलीले घाइते भएको र प्रतियोगितामा बेन्जेमा नदेखिने बताएको छ। ‘बेन्जेमाको खवरले टोलीलाई पक्कै दुखद् बनाएको छ। उनको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं,’ भनिएको छ।

फ्रेन्च फुटबल फेडेरेसनले एमआरआइ स्क्यान गर्दै जँघा गएको बताएको हो। ‘उनलाई रिकभरी हुन तीन हप्ता लाग्नेछ,’ थपिएको छ।

विश्वकपमा फ्रान्स समूह डी मा रहेका छ। फ्रान्सले २२ नाभेम्बरमा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ।

मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले सोमबार नै बेन्जेमाको स्थानमा खेलाडी परिवर्तन गर्ने बताएका छन्। ३४ वर्षीय बेन्जेमाले ९७ खेलको ३७ गोल गरेका थिए। फ्रान्सले यस अघि नै मिडफिल्डर द्वय पाउल पोग्वा र एनगोलो कान्तेलाई घाइतेभएपछि गुमाएको थियो। यसैगरी फिट हुँदै गरेका म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेयल भरानेलाई समावेश गरेको छ।

बुधबारमात्रै क्रिस्टोफर एनकुन्कु घाइते भएपछि फ्रान्सले कोलो मुआनीलाई स्थानान्तरण गरेको छ। बेन्जेमाको स्थानमा फ्रान्सले म्यानचेस्टरका स्ट्राइकर एन्थोनी मार्सिअललाई स्थान दिने सम्भावना छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १४ बजे

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा– शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण