मधेस प्रदेशमा मतदान जारी « Khabarhub

मधेस प्रदेशमा मतदान जारी


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ ।

धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य गरी २९ लाख १० हजार २३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षा निकायले दुई हजार चार सय ७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यस्तै, एक हजार चार सय ९८ मतदान केन्द्र संवेदनशील, दुई सय ६५ मतदान केन्द्र सामान्य रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँले बताए ।

विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदान केन्द्र र मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ ।

मधेस प्रदेशका आठ वटा जिल्लामा चार÷चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ/आठ वटा निर्वाचन क्षेत्र गरी ६४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फको ३२ सिटका लागि मधेस प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि मधेस प्रदेशमा एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : २५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन