विश्वकप फुटबल प्रतियोगिता आजदेखि, ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै « Khabarhub

विश्वकप फुटबल प्रतियोगिता आजदेखि, ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्गल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सी’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन् ।
त्यस्तै समूह ‘डी’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।

समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ११ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन