'अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ' | Khabarhub Khabarhub

‘अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ’


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्।

आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर आज गोरखा आएका दहालले पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन्।

‘यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्’ उनले भने, ‘भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ ।’  दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धनका दलहरू बीचमा अहिले कुनै छलफल नभएको समेत बताए ।

उनले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत सङ्ग्रहका रूपमा लिन सकिने बताए ।

दाहालले यो निर्वाचन संविधानमा पटक पटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहनेबीचको प्रतिस्पर्धा गर्ने निर्वाचन रहेको उल्लेख गरे।

गोरखा आएर उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका–२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायतका स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : २६ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत