मतदान सकिएसँगै मतगणनाको तयारी, काठमाडौंमा कहाँ-कहाँ हुँदैछ मतगणना ? « Khabarhub

मतदान सकिएसँगै मतगणनाको तयारी, काठमाडौंमा कहाँ-कहाँ हुँदैछ मतगणना ?


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । यससँगै मतगणनाको तयारी पनि भइरहेको छ ।

काठमाडौँमा पनि मतगणनाको तयारी भइरहेको छ । काठमाडौँमा प्रतिनिधिसभाको १० र प्रदेशसभाका २० निर्वाचन क्षेत्र रहेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र, बानेश्वरमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना थलीस्थित राधाकृष्ण मन्दिरमा हुनेछ ।

त्यसैगरी, क्षेत्र नम्बर ३ को मतगणना जोरपाटीमा रहेको चामुण्डा स्कुलमा हुनेछ । त्यस्तै, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन, क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली, ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ९ को मतगणनास्थल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन तोकिएको छ भने क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : २८ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ