मनाङमा ७३ प्रतिशत मत खस्यो « Khabarhub

मनाङमा ७३ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालपारीको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा ७३ प्रतिशत मत खसेको छ ।

जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।

मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटिका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ