कतार विश्वकपको भव्य उद्घाटन « Khabarhub

कतार विश्वकपको भव्य उद्घाटन


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुँदैछ ।

​मध्येपूर्वको अरब राष्ट्रमा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी